नेकपा (एमाले)को मेचि महाकाली अभियान शनिबारबाट सुरु भएको छ । झापाको काँकभिट्टामा पार्टी अध्यक्ष केपि शर्मा ओलीले पार्टी सचिव तथा प्रदेश न.१ को संयोजक भीम आचार्यलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गरे ।

सभामा पार्टी अध्यक्ष केपि शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल लगायत पार्टीको केन्द्रिय समितिका सबै पदाधिकार अभियानमा सहभागी भएका थिए । सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपि शर्मा ओलीले सरकारकमा रहेका दल नै चुनाव हुन नदिने खेलमा लागेको भन्दै नेकपा एमाले जनताको आदेश बाहेक कसैको आदेश नमान्ने बताएका छन् । एमालेले जनता भन्दा बाहेक ठुलो अरु कोहि नदेखेको बताएका छन् ।

त्यस्तै अर्का नेता माभव कुमार नेपालले झापा आन्दोलनले नै नेपालमा कम्युनिष्टको स्थापना भएकोले एमाललेलाई अहिलेको अवस्थासम्म ल्याउनको लागि झापा अन्दोलन निकै नै महत्वपुर्ण रहेको बताएका छन् । नेकपा एमालेले १५ दिने मेचि महाकाली अभियान सुभारम्भ गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया