मधेशी मोर्चाले तराईमा एमालेलाई रोक्नु खोज्नु उस्को राजनैतिक स्वार्थ भएको बुझिएको छ । मधेशी मोर्चाले अहिले सम्म एमाले मधेश विरोधी भएको भ्रम फैलाउदै आन्दोलनलाई प्राथमिकता दिएको थियो । अनेक थरी माग राखेर मोर्चाले आन्दोलन गरेको थियो । तर मोर्चाको माग गलत रहेको स्वयम तराई बासीले पनि भन्दै आएका छन् ।

यदि तराई मधेशमा एमाललेले कार्यक्रम गर्दै गयो भने मोर्चाको मागमा एमाले हाबी हुने बचेको कुचेको मोर्चाको सान पनि मधेशी जनताबाट गुम्ने खतरा मधेशी मोर्चाका नेताहरुमा परेको छ । यसको असर नेपाली कांग्रेस र माओबादीमा पनि परेको छ ।

जसरी मोर्चाले एमालेलाई मधेश विरोधीको एउटा नारा बनाएको छ त्यसलाई चिर्नको लागि नेकपा एमालले मेची महाकाली अभियान गरिरहेको छ । एमालेको अभियान विशेष गरेर एमाले मधेश विरोधी नभएको देखाउन खोजेको छ भने मोर्चा त्यस्तो गर्न दिने पक्षमा छैन् ।

Please share us on:

तपाईको प्रतिक्रिया