काठमाडौँ,
उप्रधान तथा गृह मन्त्री विमेलेन्द्र निधिको अध्यक्षतामा बसेको केन्द्रिय सुरक्षा समिति बैठकमा २ लाख २६ हजार सुरक्षाकर्मी स्थानिय तहको निर्वाचनमा खटाउने निर्णय गरेको छ ।
सरकारले घोषण गरेको वैशाख ३१ को स्थानिय तहको निर्वाचनलाई लक्षित गरि सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा गृह सचिव र रक्षा सचिव सहित ४ वटै सुरक्षा निकयको उपस्थिति रहेको थियो ।
बैठकमा गृहमन्त्रीले सरकारले घोषणा गरेको निर्वाचनको सुरक्षाको जिम्मेवारीलाई गहनताका साथ लिन आग्रह गरेका थिए । के के तयारी गर्नु पर्ने हो अहिले नै थालिहाल्न निर्देशन दिए । साथै प्रगति विवरण सरकारलाई बुझाउन पनि आग्रह गरेका छन् ।