खबर कर्नर,

भारतले नेपालका लागि नयाँ राजदुत मन्जिभ सिंह पुरीलाई छानेको छ । यस सम्बन्धी जानकारी नेपालको परराष्ट्र मन्त्रालयलाई दिसकेको छ । भारतले यस अघि नेपालमा रहेको बहालवाल राजदुतको म्याद सकिन एक महिना बाँकी हुदा नै नयाँ राजदुत सिफारिस गर्ने गरेको थियो । तर पछिल्लो समय नेपाल भारत सम्बन्धमा देखिएको तनावको कारण भारतले नयाँ राजदुत छान्नलाई धेरै मिहिनेत गरेको देखिएको छ ।

भारतले नेपालमा राजदुत नियुक्ति गर्दा उच्च स्तरको अधिकारी नै पठाउने गर्छ । नेपाललाई भारतले विशेष महत्वले हेर्ने गर्छ । खुल्ला सिमान र नेपालमा भारत विरोधी भावना बढेकोमा पनि भारत सचेत रहेको बुझिएको छ । सबै कुरालाई मत्थर पार्न पनि नयाँ तथा अनुभवी राजदुतको खोजी भइरहेको थियो ।

नेपालमा आउने भारतीय राजदुतले नेपाल भारतको सम्बन्धमा धेरै प्रभाव पार्ने हुदा पनि भारत यसपटक धेरै सोचेर ढिलो निर्णयमा पुगेको हो ।

सिंह सन् १०८२ मा विदेश मन्त्रालयमा कर्मचारीको रुपमा प्रवेश गरेका थिए । उनीसँग संयुक्त राष्ट्रसंघमा काम गरेको पनि अनुभव रहेको र सुरक्षाविद् समेत भएकोले भारतले सिहंलाई पहिलो रोजाईमा पारेको हो । हाल सिंह भारका लागि वेल्जियमका राजदुत रहेका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया