अखिल,
वाह् रविन्द्र जि तपाईले पनि नेपालमा अर्को पार्टी खोल्ने रे । बधाई छ खाइ पाइ आएको जागिर छा्ड्नु भो रे । नेपालीले आशा गरेको भन्दा बढि करिब ६ लाख तलबलाई माया मारेर नेपालमा राजनिति गर्नको लागि नेपाल आउदै हुनुहुन्छ रे ? कताबाट आयो तपाइले नेपालमा राजनिति गर्ने रहर । यदि रहरले हो भने रविन्द मिश्रलाई पनि बाबुरामको साइजमा विकाश गर्न केहि समय लाग्नेवाला छैन् । उनको फेसबुक स्टाटस हेर्ने हो भने उनले नेपालमा नयाँ राजनैतिक दल खोल्ने पक्का छ ।
हुन त नेपालमा कुनै समय रविन्द्र मिश्रलाई कनकमनि दिक्षितसँग पनि जोडेर हेर्ने गरिएको छ । उनले बिविसी नेपाली सेवाबामा पहिले नै राजीनामा दिएका थिए तर कार्यन्वयन भने मंगलबारबाट भएको छ । उनको राजनितिक इतिहास लामो छैन् । एक जना पत्रकारसँग राजनैनितिलाई विश्लेशण गर्ने खुवि राख्छ तर राजनितिमा भिज्न चाहि गाह्रो नै पर्छ ।
रविन्द्र मिश्रलालाई साथ दिने मानिस पनि त्याति आशा लाग्दा छ्रैनन् । बाबुराम भट्टराईले नयाँ शक्तिमा ल्याउनको लागि पनि धेरै कोशिस गरेका थिए तर सकेन् । स्वंयम मिश्रले भने एमालेका घनश्याम भुषाल,काग्रेसका गगन थापा लगायतका युवा नेताहरुलाई नयाँ पार्टी खोल्नको लागि धेरै चरणमा अपौचारिक अनौपोचारिक रुपमा वार्ता गरेका थिए । तर उनीहरु पुरानै पार्टीमा बसे रविन्द्र मिश्रलाई साथ दिएनन् ।
मिश्रको साथमा सुर्यराज आचर्य र डा.सरोज धिताल रहेका छन् । भने पुर्व नयाँ शक्तिका नेता मुमाराम खनाल पनि मिश्रको साथमा देखिएको छन् । मुख्यतय मुमाराम खनाल र रविन्द्र मिश्रले नयाँ पार्टीको नेतृत्व लिने छन् । उनले विज्ञप्तीमा पनि भनेका छन् १० १२ जना संसद संसद भवनमा पठाउनको लागि मात्रै होइन देशको आमुल परिवर्तनको लागि पनि नयाँ पार्टीको आवश्यकता परेको छ । हुन त सबैले भन्ने नै यहि हो गर्न त सबैको देखिएको छ ।
राजनिति गर्नको लागि नेपाली जनताले पत्याउनु पर्छ तर नयाँ आउने दलहरुलाई नेपाली जनताले त्याति विश्वास गरेको नेपाली इतिहासमा पाईदैन् ।
डोटि र दार्चुलामा हाईस्कुल सम्मको अध्यन सकाएका मिश्र त्रिभुवन विश्वविद्यलयबाट आम संञ्चार अग्रेंजीमा स्नाकोत्तर गरेका छन् भने पाकिस्ताबाट पनि स्कानोत्तर गरेका छन् । पाकिस्तान मै रहेर बिबिसीको केहि काम गर्ने मौका पाएका उनी पछि बिबिसीमा स्थायी जागिरेको रुपमा कार्यरत थिए । यतिखेर रविन्द्र मिश्र पुर्णकालिन राजनितिमा लाग्ने मनसायले जागिर सबैथोक छोडेर राजनितिमा आउन आत्तुर रहेका छन् ।
आर्थिक रुपमा एक हिसाबले उनी बलियो बनिसकेका छन् । उनको पार्टीमा लाग्ने मानिस पनि आर्थिक रुपमा अब्बल मानिसहरु नै देखिन्छ । तर उनले भने जस्तो पार्टी खोल्दैमा नेपालको मुहार फेरिन्छ भन्ने केहि छैन् । केबल नेपालमा रहेको दलहरुको संख्या बढ्ने हो अरु खासै केहि होईन । उनको नातेदार र उनको सहयोगीहरुले मात्रै नेपाल दल चलाउन गाह्रो छ । वर्षौसम्म पेशा नै राजनिति गरेर बस्नेहरुले राजनैतिक रुपमा स्थायी हुनको लागि गर्नुपर्छ धौ धौ छ भने उनी जस्तो कलम र प्रश्न सोधेर बस्ने मानिसलाई यो पेशा त्यति सहज पनि नहुन सक्ला ।
उनले खोल्न लागेको पार्टीमा जनतासँग भिजेका मानिस कोहि पनि छैन् । जनातको चाहना के छ त्यो बुझने मानिस पनि चाहिन्छ । उही धनीहरुको एउटा जमात बनाउनको लागि पार्टी खोल्न लागेको हो भने अकुत सम्पतीको सेफ ल्याण्डिङ पनि उपयुक्त ठाउ राजनिति हुन सक्छ । राजनैतिक रुपमा कत्तिको सफल हुने त्यो भने पार्टी खोलेपछि समयले बताउला तर अहिले भने नयाँ एक पार्टी नेपालमा थप्न लागेकोमा रविन्द्र मिश्रलाई हार्दिक धन्याबाद दिन चाहन्छु ।