खबर कर्नर,
त्रिभुवन विश्व विद्यालयद्धारा घोषणा गरिएको स्ववियु निर्वाचन तोकिएको समयमा नहुने वातावरण सृजना भएको छ । कतिपय क्यापसमा सुचना निकालेर विश्व विद्यालयले दिएको फागुन १८ गते निर्वाचन गर्न नसकिने व्याहोराको सुचना प्रकाशित गरेका छन् । त्रिभुवन विश्व विद्यालयको विभिन्न आङ्गिक क्याम्पसहरुमा क्याम्पसमा त्रियाशिल राजनैतिक दलका विद्यार्थी संगठनहरुबाट धेरै किसिमको माग राखेर तालाबन्दी तथा झगडा गरेको हुदाँ क्याम्पस प्रशासनहरुलाई चुनाव गराउनको लागि बाधा उत्पन्न भएको हो ।
एउटाको चित्त बुझदा अर्कोको नबुझने र विभिन्न बाहानमा विद्याको मन्दिरमा अशान्ती पैदा समेत हुने गरेको छ । शनिबार रत्न राज्य क्याम्पसमा नेविसंघ र अनेरास्वुवियु बिच ठुलै हुलमुल मच्चियो । क्याम्पस प्रशासनमा चित्त नबुझेका ३ वटा क्रान्तिकारी सहित अन्य ६ वटा संगठनले तालाबन्दी गरेको छ । आरआर क्याम्पस प्रशानि पनि निर्वाचन गराउन नसकिने अवस्थामा पुगेको एक कर्मचारीले बताए । पब्लिक युथ क्याम्पस र ल क्याम्पसले त निर्वाचन गर्न नसक्ने भनेर सुचना निकालीसकेको छ । अन्य कयौँ क्याम्पस प्रशासनहरु पनि निर्वाचन गर्न नसक्ने मनस्थितिमा पुगेका छन् । उपयुक्त वातावरण निकालेर चाडै नै निर्वाचन गराउन नसक्ने सुचना निकाल्ने तयारीमा लागेका छन् ।
कसै गरि पनि विद्यार्थी संगठनहरुलाई सहि बाटोमा ल्याउने नसकेका कारण पनि अराजक वातावरणको सृजना भएका छ । बलियो संगठन हुनेले निर्वाचन चाहेका छन् भन्े कमजोर संगठन हुनेहरुले विभिन्न माग राखेर स्ववियु निर्वाचन स्थगित गराउने ध्याउन्नमा लागेका छन् ।
यस्ले गर्दा निर्वाचन हुने संम्भावन कम हुदै गएको छ । पढ्न पर्ने विद्यार्थीले राजनितिको नाउमा क्याम्पसलाई रणमैदानको रुपमा विकाश गर्न खाजेका छन् । यसले स्वतन्त्र विद्यार्थी युुनियनको गरिमा माथि प्रश्न चिन्ह खडा हुदैँ गएको छ ।