४ विषय संशोधन गराउने तयारीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लागेको छ । (दोस्रो संशोधन) २०७३ मा चार विषय दर्ता गराउन लागेको मधेशी मोर्चा लागेको छ ।
भाषा ,नागरिकत,संघियाता र राष्ट्रिय सभा गठन बारे व्यवस्थापिका संसदमा संशोधनको प्रस्ताव लैजाने मोर्चाले जनाएको छ । तराइ मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यलयमा बसेको बैठकले कसरी संशोधनको प्रस्ताव लाने भन्ने विषयमा पनि सरोकारवाला निकायहरुसँग छलफल भइरहेको पनि मोर्चाले बताएको छ ।
यस्तै गरि सरकारले पहिले भएको सहमतिअनुसार काम नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे पनि छलफल भइरहेको एक नेताले बताए । सरकार मधेशको माग प्रति संवेदनशिल नभएको आरोप पनि लगाएका छन् । यो सरकारले पनि केपि ओली सरकारको जस्तै रवैय देखाएको पनि ति नेताले बताए ।
सरकारले दोस्रो संशोधनको लागि फागुन १५ गतेभित्र कार्यलय समयमा संशोधन गर्न चाहने सांसदहरुलाई समय सिमा निर्धारण गरिएको छ ।