काठमाडौँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान संशोधन प्रक्रियामा जाने र सहज अवतरण गर्ने बताएका छन् । निजि विद्यालयहरुको छाता संगठन प्यावसनको १३ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै निजि क्षेत्रले शैक्षिक क्षेत्रका गरेको योगदानको प्रशंसा गर्नु भयो । सरकारले निर्वाचनको मिति घोषाणा गर्न लागेले सबै पक्षलाई अन्त ध्यान नदिइ निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
पुर्व शिक्षा मन्त्री तथा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य डा.गंगालाल तुलाधरले सरकारले संशोधित शिक्षा ऐन बारे मौन बसेको आरोप लगाएका छन् । निजि क्षेत्रले गरेको योगदानलाई संस्थागत गर्नको लागि सरकार आनाकानीमा लागेको बताएका छन् ।
एक अर्को प्रसङगमा हाल प्रधानमन्त्री चुनाव गर्ने र नगर्ने पक्षधरको विचमा रहेको जानकारी गराउदै प्रचण्ड जस्ता युग पुरुषले सहि निर्णय लिने बेला आएको बताएका थिए ।
त्यस्तै अर्को वक्ता नेपाली कांग्रेसको नेता चन्द्र भण्डारीले संविधान जारी गर्ने बेलामा एक भएका दलहरु पुन एक हुन पर्ने बताएका थिए । शान्त रहेको प्रदेश न. ५ लाई सरकराले नै अशान्त बनाएका आरोप लगाए । मधेशी मोर्चाको जायज मागलाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्दै सिमांकनको विषयमा जनताको मागलाई नलत्याउन आग्रह गरे ।