सिरहा,
प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) धार्मिक कार्यक्रममा सहभागी हुनको लागि हेलिकप्टर चाटर गरेर सिरहा आएका छन् । प्रधानमन्त्री श्रीमदभागवत महापुराण ज्ञान सप्ताहमा सहभागि हुन हेलिकप्टरबाट सिरहा आएका हुन् ।
उक्त महायज्ञमा पुगर प्रधानमन्त्री एक घण्टा बसेका थिए । सिरहाबाट फर्केर प्रधामन्त्री पुर्वाधार सम्मेलन पनि उद्धघाटन गरेका थिए । यस अघि शुक्रबार प्रधान मन्त्री हेलिकप्टर चढेर रोल्पा पुगेका थिए ।
प्रधानमन्त्रीले सिरहामा गरिब, विपन्न र दलित समुदाय लागि छात्रबास र वृद्धको लागि पनि वृद्धश्रम बनाउने कार्यमा सरकार पनि साथ रहेका बताएका छन् । सरकार पुण्य कामको लागि सधै अग्रसर रहने पनि बताएका छन् ।