राप्रपा नेपालको एकता महाधिवेशन भनेर प्रचार गरेर महाधिवेशनको सुरु गरे पनि राप्रपा भित्र एकता नभएको देखियो । अध्यक्षको प्रत्यशी कमल थापालाई एक दिन अघि नै अध्यक्ष बनाउने भनेर घोषण गरे पनि त्यो पछिल्लो समयमा आएर तोडिएको थियो । डा. प्रकाश चन्द्र लोहोनीले पार्टी बिग्रेको हनुमान भएर हेर्न नसकिने जानकारी गराउदै आफु पनि अध्यक्षको पत्यशी भएको रिपार्टस क्लबको एक कार्यक्रम मार्फत घोषणा गरे ।
राप्रपाको आन्तरिक रुपमा जे भए पनि एक हिसाबले उद्घाटन सफल रुपले गरेको देखियो । माओबादीले गरेको आमसभा पछि पहिलो चोटि सडक रोकेर राप्रपाले कार्यक्रम गरेको थियो । मान्छेको उपस्थिति सोचेअनुरुप नभए पनि राप्रपाले प्रविधिलाई भने भरपुर प्रयोग गरेको छ । नेपाल पहिलो चोटि लिड टेलिभिजनको व्यवस्थासहित राप्रपाले प्रदशनी मार्गलाई तिन चारवटा लिडले अन्तिममा बसेर पनि अगाडिको दृश्य देख्न सक्ने वातावरण बनाएको थियो ।
राप्रपाको अधिवेशनमा विभिन्न पार्टीका पार्टी प्रमुखहरु राप्रपालाई आफुअनुकुल प्रयोगमा ल्याउन खोजेको जस्तो देखिएको थियो । एमाले अध्यक्ष ओलीले एमाले बाहेक अन्य पार्टी धक्का दिन सक्छ भनेर भनिहाले । माओबादी केन्द्रका अध्यक्षले राप्रपासँग माया पिरती गास्न मन लाग्छ छोडेर कतै नजानु होला भन्न भ्याए । काग्रेस सभापति शेर बहादुर देउवाले पनि राप्रपाले अबको बाटो सहि हिड्नेमा विश्वास गरे । त्यस्तै मधेशी मोर्चाका लक्षमणलाल कर्ण, नयाँ शत्तिका गंगा श्रेष्ठ लगायतको नेताहरुले शुभकामना दिएका थिए ।
राप्रपा नेपालको कार्यक्रममा केहि सहभागी सडकमा नै सुतिरहेको जस्तो देखिन्थ्यो । खासै राजनितिमा चासो नभएर कसैको करमा आएको त लामो यात्राको थकानले गर्दा कार्यकर्ता नेताको भाषण सुन्न भन्दा पनि सुत्न लागेको जस्तो देखिन्थ्यो ।
अन्य पार्टीले राप्रपालाई एकता महाधिवेशनको शुभकामना दिइरहदा राप्रपा आफै चाहि शत्ति सन्तुलन नमिलेको र पार्टीमा अगाडि भएको सहमति पुरा नभएको भन्दै कार्यकर्ताहरु दुई ध्रुबमा बाडिएको जस्तो पहिलो दिनमा नै केहि संकेतहरु देखिन थालिसकेको थियो । अझ चुनाव चिन्ह हलो र गाई कुन राख्ने भन्ने विवाद त भुसको आगो जसरी सल्किरहेको छ । यो विवाद माथि देखि तलसम्म आएको छ । यो विवाद राप्रपाको एकता महाधिवेशनले समाधान गर्छ कि गर्दैन् त्यो भने हेर्न बाकि रहेको छ ।