आगामी ७ महिनाभित्र ३ वटै निर्वाचन सकिसक्नु पर्ने भएकोले सर्वसाधरणलाई तयार रहन प्रधानमन्त्री पुष्मकमल दाहालले आग्रह गरेका छन् ।
प्रथम रोल्पा महोत्सव उद्घाटन गर्न रोल्पा पुग्नु भएका प्रधानमन्त्रीले एकिकृत अवस्थामा थुप्रिएको अधिकार विकेन्द्रित गर्नको लागि पनि निर्वाचन आवश्यक रहेको जानकारी दिनु भएको हो ।
अब सरकारले केहि दिन भित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको र सबै सहमतिमा संविधान संशोधन गर्ने पनि बताउनुभयो ।