काठमाडौँ,
नेपालमा महिला यौनकर्मीको संख्या करिब ५५ हजारको हाराहारीमा रहेको एक अध्यनले देखाएको छ । नेपालमा यौन कर्मी महिलाहरुको संख्या उल्लेख्य वृद्धी भएको पनि उक्त अध्ययनले देखाएको छ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अध्ययन अनुसार पछिल्लो आकाँडाले सबभन्दा धेरै काठमाडौँमा यौनकर्मीको संख्या धेरै रहेको जनाएको छ । केन्द्रको अध्ययन अनुसार र नेपालमा महिला यौनकर्मीको संख्या न्यूनतम ४३ हजार आठ सय २९ देखि अधिकतम ५४ हजार एक सय ९७ रहेको जनाएको हो ।
ग्लोबल फन्ड र सेभ द चिल्ड्रेनको सहयोगमा केन्द्रले गरेको अध्ययनले विभिन्न ४४ जिल्लाबाट तथ्यांक संकलन गरी ३१ जिल्लाको संख्या आँकलन गर्दा ४३ हजार देखि ५४ हजार महिला यौनकर्मी रहेको जनाएको छ यसैगरी नेपालमा ३० हजारभन्दा बढीले सुइद्वारा लागूऔषध लिने गरेको समेत अध्ययनले देखाएको छ ।