काठमाडौँ,

एमालेको गुटको राजनिति सतहमा आएको छ । एमाले भातृ संगठन युवा संघको विवादले एमालेको राजनिति गुटगत स्वार्थ भन्दा माथि नरहेको देखिएको छ । अहिले युवा संघमा माधव नेपाल सम्बद्ध गुटले युवा संघको महाधिवेशन गर्ने घोषणा गरेको छ ।
एमाले पार्टी हाल देख्नलाई जति हराभरा छ तर त्यसको विपरित पार्टीभित्र धमिरा लागिसकेको छ । पार्टीभित्र देखिएका ३ गुट मध्ये केपि,माधव र झलनाथ रहेका छन् । ति भित्र पनि उपगुट कति छ भनेर साध्य छैन् ।

केपि ओलिपक्षधर भने वैशाख ९ देखि १२ गतेसम्म हेटांडामा महाधिवेशन गर्ने जनाइसकेको छ । पार्टी भित्र सधै पेलिएर बस्न नहुने कमाण्डर र सिपाहीको जस्तो बानी बेहोरा आफु मात्रै राम्रो भन्ने हैकबादको विरुद्धमा उही मितिमा चितवनमा महाधिवेशन गर्ने माधव नेपाल पक्षले पनि घोषणा गरेको छ ।

युवा संघका नेताहरु उपाध्यक्ष दिलकुमारी पन्त, राजु गुरुङ सचिव शस्त शाही,नरेशकुमार शाही, मञ्जु यादव र क्रान्ति बुर्लाकोटीले सयुक्त पत्रकार सम्मेलन गरेर पार्टीको निति र विधान अनुसार चल्न एक हप्ते अल्टिीमेटम दिएका छन् ।
आफुहरु पदको लागि नभएर संगठनलाई बदनाम हुनबाट बचाउनको लागि पनि यस्तो कदम चाल्न परेको माधव नेपाल पक्षले बताएको छ । पार्टीको विधानअनुसार भौगोलिक इकाइ बनाएर सांगठनिक ढाँचा बनाउनु पर्नेमा पुरानै संरचनालाई निरन्तरता दिन एमाले नेताहरु नै लागि परेका नेपाल पक्षको दाबी रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया