काठमाडौँ,

नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक आजबाट पार्टीकेन्द्रिय कार्यलय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपि ओलीले संम्बोधन गर्दै संविधानको रक्षाको निम्ति एमालेले खेल्न पर्ने भुमिकालाई कुनै पनि कसरबाट बाकी नराख्न आग्रह गरेका छन् ।

संविधानको म्यान्डेण्ट अनुसार २०७४ माघ ७ गते अघि नै जनप्रतिनिधिमुलक निकायहरु निर्वाचनको माध्यमबाट अनिवार्य रुपमा गठन गर्नु पर्नेमा सरकार विभिन्न बाहानमा तर्किन खाजिरहेको छ । अध्यक्ष ओलीले हाल देशको प्ररिस्थिति पार्टीको संरचना तत्कालका कार्यभार जस्ता विषय वस्तु समेटिएका प्रतिवेदन पोलिट्ब्युरो सदस्यहरुलाई अध्ययनको लागि प्रस्तुत गरेका थिए । भोलिको बैेठकमा पोलिटब्युरो सदस्यहरुले राय तथा सुझाव प्रस्तुत गर्ने एजेण्डा रहेको छ ।

आजको बैठकमा आउदै गरेको स्ववियु निर्वाच बारे पार्टी सचिव योगश भट्टराई जानकारी गराएका थिए भने सचिवलय सचिव प्रदिप ज्ञावलीले मेची महाकाली राष्ट्रिय अभियान सशक्त बनाउनको लागि कार्ययोजनाहरु प्रस्तत गरेका थिए ।
बैठकमा डढेलधुरामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने प्रति समवेदना प्रकट गर्दै फेरी बैठक बस्ने गरि समापन भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया