खबर कर्नर,
नेकपा एमालेले मंगलबार अपरान्ह १ बजे स्थायी समितिको बैठक बोलाएको छ । देशको पछिल्लो राजनैतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक डाकिएको एमालेले जनाएको छ ।
सरकारले निर्वाचन घोषणा गर्न गरेको ढिलालाई प्रति र मधेशी मोर्चासँगको पछिल्लो चरणमा विकाश भएको राजनैतिक भेटघाट बारे समिक्षा हुने बताएको छ । लामो समय देखि मधेशी मोर्चासँग भएको तित्ततालाई केहि दिन अघिको वार्ताले केहि मत्थर पारेको अनुमान गरिएको छ ।
बिहिबारबाट बस्ने भनेको पोलिटब्युरो बैठकलाई समेत समेट्ेने गरि आजको बैठकले तयारी थालेको हो । सरकारलाई निर्वाचनको लागि दबाब दिन पनि बैठको निर्णय आवश्यक रहेको एमाले स्रोतले बताएको छ ।