काठमाडौँ,
नेपाली कांग्रेस पनि निर्वाचनलाई आलटाल गरेर रोक्न उद्धत रहेको छ । आईतबार मधेशी मोर्चासँग भएको वार्तामा निर्वाचन भन्दा पहिला संविधान संशोधन गर्न पर्ने मोर्चाको मागलाई कांग्रेसले समर्थन गरेको छ । मधेशी मोर्चासँग बसेको बैठक पछि काग्रेसले केन्द्रिय कमिटिको बैठक डाकेको थियो ।
बाहिर जनि नै निर्वाचन भनेर कराए पनि अन्तत निर्वाचनबाट कांग्रेस भाग्न खाजेको जस्तो देखिएको छ । कांग्रेस र मधेशी मोर्चाको आइतबार भएको बैठकको निर्णयले पनि त्यहि संकेत गर्छ । सरकार संञ्चालका मुख्य पहरेदार रहेको नेपाली कांग्रेस जनताको सेन्टिमेण्टसँग खेल्नको लागि सरकारको विरोध गरेको र निर्वाचनको रटान रटेको जस्तो पनि गरेको छ ।
नेकपा एमालले चुनावको जति रटान लगाए पनि सरकार यसलाई सुन्ने पक्षमा छैन् । मधेशबादीलाई नमनाईकन निर्वाचन गर्नु अनउपयुक्त भए पनि निर्वाचन नहुदा देशमा सवैधानिक संकट आइपर्नेमा सबै दलहरु सजक नभएको पछिल्लो राजनैतिक घटना क्रमले देखाएको छ।