काठमाडौँ,
नेपाली कांग्रेसका नेता प्रकाशमा सिंहले प्रचण्ड सरकार निर्वाचनबाट टाढा हुने खोजेको बताएका छन् । आईतबार नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका ६ नम्बर वटा इकाई समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै चुनाव रोक्न अनेक बहान गर्न खोजेको आरोप लगाएका हुन् ।
कुनै पनि बहानमा निर्वाचन रोक्न नहुने जानकारी दिदैँ तह र निकायमा बिवाद गर्न नहुने बताए । यो सरकार निर्वान गराउनको लागि बनेको सरकार हो । यो या त्यो बहान बनाएर निर्वाचनबाट भागे कांग्रेसलाई मान्य नहुने जानकारी दिएका छन् ।
नेपाली कांग्रेस निर्वाचन चाहन्छ त्यसरकारण पनि यो सरकारलाई तत्काल निर्वाचनको घोषणा गर्न आग्रह गरेका छन् ।