काठमाडौँ,
निर्वाचनको घोषणा नभए पनि निर्वाचनको आवश्यक सबै कानुनले पुर्णता पाएको छ । बिहिबार व्यवस्थापिका संसदले स्थानिय तहको लागि चाहिने सबै कानुन बहुमतले पारित भएको छ ।
स्थानिय तहको निर्वाचनको लागि चाहिने विधेयकहरु मतदाता नामावली विधेयक,निर्वाचन र निर्वाचन कसुर तथा सजाय विधेयक पहिले नै पास भएको र बाँकी विधेयकहरु बिहिबारको व्यवस्थापिका संसदले पारित गरेको छ ।
अब सरकारलाई निर्वाचन गर्नको लागि बाटो खुलेको र निर्वाचनको मिति पनि चाडै नै घोषणा हुने व्यवस्थापिका संसदका प्रतिनिधि साँसदहरुले विश्वास लिएका छन् ।