जनकपुर,
सिके राउतलाई जनकपुर प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ३ ३० उनकै जनकपुरमा रहेको डेराबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।
राउत स्वतन्त्र मधेशको माग गर्दै हिडेका थिए । देश नै विखण्डन गर्छू भनेर हिड्ने मानिसलाई समेत सरकार लाचार भएर चुपचाप बसेको थियो ।
धनुषा प्रहरीका अनुसार सिराहा प्रहरीको अनुरोधलाई स्विकारर्दै राउतलाई पक्राउ गरि सिरहा प्रहरीलाई बुझाएको हो ।
राउत पछिल्लो समय जनकपुरमा डेरा गरि बसेका थिए ।