काठमाडौँ,
प्रविधि तथा अन्य क्षेत्रमा हुने अवराध न्युनिकरणको लागि बलियो कानुन आवश्यब रहेको कांग्रेस नेतृ सुजता कोईरालाले बताएकी छिन् ।
बिहिबार जीपि कोईराला फाउण्डेसनाद्धारा आयोजित एक दिवशीय साइवर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रममा उनले बलियो तथा कडा कानुन बनाउने र त्यसलाई कार्यन्वयनमा जाने हो भने दण्डहिनतामा कमि आउने बताएकी छिन् ।
अहिले हाम्रो समाजमा प्रविधिबाट गलत गर्ने नयाँ पुस्ताको जमात बढेको र यस्ता गलत लाइनमा रहेका युवा जमातलाई नियन्त्रण गर्ने निकाय फितलो भएको कारण पनि समाजमा यस्ता घटना घटाउने युवाले पश्रय पाएको छ ।
यस्ता युवालाई लक्षित साइवर अपराधको न्युनिकरणको लागि समयमा नै उचित वातावरणको सृजना गर्न पर्ने बताएकी छिन् ।
जीपि फाउण्डेसनले साइवर अपराध सम्बन्धी युवा वर्गलाई लक्षित गरि १ दिने सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो ।