काठमाडौँ,

नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाले संविधान संशोधन नभए सम्म सविधान कार्यन्वयन सहज रुपले नहुने बताएका छन् । विहिबार प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको ‘चिन्तन’ नामक पुस्तकको विमोचन गर्दै सभापति देउवाले संविधान कार्यन्वयनको लागि सबै दल एक ठाउमा उभिनुको विकल्प नरहेको जानकारी दिएका हुन् ।
संविधान संशोधन र निर्वाचनमा एमाले बाधक बनेको बताउदै देशलाई सधै बन्धक नबनाउन पनि एमालेलाई आग्रह गरे । अगामी एक वर्ष भित्र ३ वटै निर्वाचन नगरे राजैतिक संकट बढ्नेमा इकिंत गर्दै यो बाध्यकारी भएको बताएका छन् ।
देशलाई सधै एमालेले बन्दी बनाउन नहुने र एमाले पनि सहमतिमा आउनु पर्ने भन्दै संविधान संशोधन गर्दै संविधानको दायरा फराकिलो बनाउनु पर्ने बताए । संविधानको दायरा फराकिलो हुदाँ देशले आर्थिक विकाशमा पनि गति लिने उनको दाबी थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया