काठमाडौँ,
नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रचण्डलाई सचेत भएर बोल्न आग्रह गर्नु भएको छ । तराई मधेश जागरण अभियान बारे जानकारी दिनको लागि बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाइसिएललाई ठगेर नखान आग्रह गरेको बताउनु भएको हो ।
सरकार आफै प्रतिपक्षको भुमिका पनि निर्बाह गर्न खोजेको आरोप लगाउदै प्रधानमन्त्रीलाई संयमता अपाउन आग्रह गर्नुभयो । भिडन्तको वातावरण तयार गर्न प्रधानमन्त्रीले वाइसीएलको साहारा खोज्न लागेको दाबी गर्नु भयो ।
मधेशबादी दल र सरकार विच गहिरो सम्बन्ध रहेको कारण यो सरकारलाई भारतको सहयोग रहेको पनि बताउनुभयो । चुनाव गर्नको लागि सरकार डराइरहेको जाकारी दिदै यदि सरकारले चुनावको घोषण गरे बिदेशी शत्ति बोलाइदिने मधेशीको धम्की कारण चुनाव नहुने वातावरण बन्दै गएको आरोप समेत लगाउनु भयो ।
नेकपा एमाले अब तराई झर्दै छ कसैको हिम्मत भए तराई मधेशमा एमालेलाई रोकेर देखाउनको लागि पनि चेतावनी दिनुभयो ।