सुनसरी,

सर्वसाधरणको घुइचो लाग्ने यातायात कार्यलयमा घुस लिने र दिने कुनै नौलो कुरा होईन । यसमा दुबै पक्ष मौन बस्छन् । तर सुनसरीको यातायात व्यावस्था कार्यलय कोशीका लेखापाल मंगलबार घुससहित पक्राउ परेका छन् ।

लेखापाल भुपेन्द्र कटुवाल लाईसेन्स बनाउनको लागि ४० हजार घुस मागेको अभियोगमा एक चिया पसलबाट अख्तियारको टोलीले कटुवालाई पक्राउ गरेको हो ।

लाईसेन्स बनाउनको लागि पुस २० देखि २३ सम्म फारम खुलेको थियो । त्यहि मौकामा कटुवालले लाईसेन्स बनाइदिन्छु भन्दै संखुवासभाका दिपक थापासँग ४० हजार लिएका पिडित बताएका छन् ।

लाईसेन्स बनाउने बेलामा फारम भर्न नपाएपछि उनीहरु लेखापाल कटुवालको सम्र्पकमा गएका थिए । कटुवालले आफुले फारम भरिदिएको जानकारी दिएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया