काठमाडौँ ,
नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले मधेशी मोर्चाले मधेशी जनताको भन्दा पनि भारतीय पक्षको वकालत गरेकोले देशमा संकट सृजना भएको बताउनु भएको छ ।
सोमबार सगरमाथा टेलिभिजनमा सगरमाथा विशेष कार्यक्रममा संविधान संशोधन र निर्वाचन सम्बन्धी अन्तरवार्ता दिदै यस्तो । हाल देशलाई संविधान संशोधनको भन्दा पनि निर्वाचन आवश्यक रहेको र संविधान संशोधन कस्का लागि भनेर प्रश्न गर्नु भयो । संविधान संशोधन मधेशी नेताहरुको भन्दा पनि मधेशी नेताहरुलाई कसैले संशोधनको नाममा पछाडिबाट बल दिइरहेको बताउनु भएका हो ।
सरकारले निर्वाचन भनेर बाहिर मात्रै भन्ने गरेका र उनीहरुको भित्रि इच्छा भनेको निर्वाचन नगराउनु नै हो । यसमा जनताको भन्दा पनि मधेशबादी दलको अभिष्ट पुरा गर्नको लागि प्रचण्ड सरकार लागि परेको जानकारी गराउनु भएको छ । मधेशबादी दलहरु संविधान संशोधन गरे पनि नगरे पनि उनीहरुको अन्तिम इच्छा पुरा नभएसम्म उनीहरुले आन्दोलन गरिरहने छन् । यो आन्दोलन मधेशी जनताको भन्दा पनि बाहिरी मान्छेको मागमा हुने हुनेछ ।
अहिले मधेशी नेताको रुपमा ख्याती कमाएका नेताहरु खासमा मधेशको प्रतिनिधित्व नगरेर अन्य कसैको प्रतिनिधि बनेर तराई मधेश लगायत देशभर अशान्ती मच्चाएको जानकारी दिनु भयो । एमाले निर्वाचन चाहन्छ । सरकार तत्काल निर्वाचनको वातावरण बनाएर नेपाली जनताको संविधान कार्यन्वयन तर्फ अगाडि बढ्न पनि आग्रह गर्नु भयो । कसैले परिचालित गरेको पक्षसंग मात्र लागेर देशलाई अनिर्णयको बन्दी बनाउनु भन्दा हिमाल पहाड र तराईका जनताको माग सम्बोधन गरेर निर्वाचन जान पनि आग्रह गर्नु भयो ।
पुरा अन्तरवार्ता