काठमाडौँ,
मधेशी मोर्चाले सरकारले संविधान संशोधनको प्रस्तावलाई पास नगरी चुनाव गए आन्दोलन गर्ने बताएको छ । सोमबार प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुदैँ मोर्चाले पुरानै अडान राखेको हो ।
आफुहरुको मागलाई बेवास्ता गरिए सरकारलाई दिएको सर्मथन फिर्ता लिने र आन्दोलनमा जाने चेतावानी दिएको हो ।
वार्ता सकारात्मक भए पनि निष्कर्शमा नपुगेको सरकारको तर्फबाट बताइएको छ तर मोर्चा भने यसमा सहमत छैन् ।
अबको बाटो कस्तो हुने भनेर प्रधानमन्त्रीको निर्णयमा भर पर्ने वार्तामा सहभागी एक मोर्चाको नेताले सुनाए ।