पोखरा,
प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरीलाई चुनावको लागि तयारी रहन् आग्रह गरेका छन् । एउटा मात्र होईन तिन वटै चुनावको लागि तयारी रहन् दाहाले आग्रह गरेका हुन् ।
बिहिबार प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी महाविद्यालय लामापाटक पोखरामा आयोजित दीक्षान्त समारोहमा यस्तो कुरा बताएका हुन् ।
देशमा अब स्थानिय निकायको चुनाव हुने यस्का लागि सरकारले विधयेक संशोधनको काम थालिसकेको र यसलाई मुर्त रुप दिनको लागि केहि समय लाग्ने बताएका हुन् ।
सशस्त्र प्रहरीलाई समयअनुकुल बनाउनको लागि सरकार लागि परेको भन्दै यस अघि सशस्त्र प्रहरी बलले गरेको कार्यको प्रचण्डद्धरा तारिफ गरिएको थियो ।
उक्त दिक्षान्त समारोहमा २५ जना अधिकृतहरु तालिम सकेर प्रधानमन्त्रीको हातबाट दिक्षित बनेका थिए ।