काठमाण्डौ,

विश्वसनीय अन्तर्राष्ट्रि संस्थाहरुले गरेको विभिन्न सर्वेक्षणको आधारमा ट्रान्सफरेन्सी इन्टरनेशल (टिआई) द्धारा गरिएको एक सुचाड्ढमा नेपाल दक्षिण एसियामा तेस्रो भ्रष्टचारी मुलुकको सुचिमा परेको छ भने विश्वमा १३१ र्औँ मा परेको छ । विश्वमा भ्रष्टाचार प्रमुख चुनौतीको रुपमा रहेको छ ।

यस वर्षको सुचाड्ढमा १७६ देशहरुलाई समावेश गरिएको थियो । शुन्य अड्ढ ल्याउने मुलुक सबैभन्दा बढि भ्रष्टाचार हुने मुलुक १०० अड्ढ ल्याउने भ्रष्टचार नहुने मुलुकम गनिएको छ । यस सँगै कुल ९०अड्ढ प्राप्त गरि न्युजल्याण्ड र डेनमार्क कम भ्रष्टाचार हुने मुलुकमा परेका छन् भने १० अड्ढ प्राप्त गरि सोमलिया सबैभन्दा भ्रष्टाचार हुने मुलुकमा दर्ज भएको छ ।

५० अड्ढ भन्दा कम प्राप्त गर्ने देशहरु विश्वमा धेरै रहेको र भ्रष्टाचारको समस्या बढिरहेको देखाएको छ ।

दक्षिण एसियामा भुटानले ६५ अड्ढ प्राप्त गरेको छ , त्यस्तै भारतले ४०, मालद्धिप्स र श्रीलंकाले समान ३६ ,पाकिस्तानले ३२, नेपालले २९ , बंगालादेशले २६ र अफागानिस्तानले अड्ढ प्राप्त गरेको छ ।

एसियाली मुलुकमा सबैभन्दा भ्रष्ट मुलुक अफगानिस्तान त्यसपछि बंगालदेश र नेपाल रहेको देखाउछ । उत्तरी छिमेकी देश चिनले ४० अड्ढ प्राप्त गरेर विश्वको ७० औँ स्थानमा रहेको छ ।

सर्वेक्षणमा देशमा हुने तमाम विकाशका कार्यहरुलाई तथा राज्य संञ्चालनको किसिम, दातृनिकायको सहयोगको कार्यन्यन तथा राजनैतिक अवस्थालाई समेटेको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया