लण्डन,

ब्रिटेनमा एक पुरुषले बच्चा जन्माउन लागेका छन् । हेडेन क्राँस लिङ्ग परिवर्तन गरि महिलाबाट पुरुष बनेका थिए । तर लिङ्ग परिवर्तनको दौरान ति महिलाले एक बच्चा जन्माउन चाहेका थिए । सामाजिक संञ्जाल फेसबुकमा भेटिएका एक पुरुषले ति पुरुषलाई शुक्रकिट दान गरेका थिए । यहि माध्यमबाट उनको गर्भ बसाइएको छ । ब्रिटेन सरकारले उनलाई पुरुषको हैसियात दिइसकेको छ । त्यसकारण पनि पहिलो चाटि बाबुले बच्चा जन्माउन लागेका हुन् ।

हेडेन क्राँसले २० वर्ष पहिला महिलाको रुपमा जन्म लिएकी थिइन् । उनमा पुरुष बन्ने चाह यति बढ्यो कि उनको इच्छा परिवारले समेत रोक्न सकेन् । तर उनको एक इच्छा भने जिवित नै थियो एक बच्चा जन्माउने । लिङ्ग परिवर्तन गरेको लामो समयपछि उनले बच्चा जन्माउनको लागि पुन महिला बन्न चाहेको र युकेको नेशनल हेल्थ सर्भिसेसमा यस्तो प्रस्ताव पनि राखेको थिए । यो खर्चिलो र स्वास्थ्यको लागि पनि हानिकारक हुने भएको हुनाले हेल्थ सर्भिसेसले इन्कार गरिदिएको थियो ।

यस्तो अवस्थामा हेडेन निराश थिए । तैपनि उनमा बच्चा जन्माउने अभिलाशा घटेको थिएन् । पछि सामाजिक सञ्जालको सहयोगमा शुक्रकिट पाएपछि डाक्टरहरुले शुक्रकिट होल्ड गरेर उनको पाठेघरमा राखिएको थियो । अहिले हेडेनको पेटमा ४ महिनाको शिशु हुर्किरहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया