काठमाडौँ,
राजनैतिक गतिरोध सहमतिमा अगाडि बढ्न खोजेको जस्तो देखिन्छ । संशोधनको प्रस्तावलाई थाति राखेर भए पनि स्थानिय निकायको चुनावमा जाने सम्भावना बढेर गएको छ । त्यहि हुनाले पनि प्रधानमन्त्रीले कुनै बोल्ट निर्णय लिने कुरा बताउनुभएको छ ।
प्रतिपक्ष दल एमाले पनि अहिले मौन बसेको छ । माओबादी केन्द्र र एमाले नेताहरु विच गोप्य छलफल चलिरहेको छ भने कांग्रेस र एमालेका नेता विच आन्तरिक छलफल भइरको छ । तिन पक्षिय छलफल पनि भइरहेको छ । यि छलफलहरु सकारात्मक बाटोमा अगाडि बढिरहेको एक नेताले बताएका छन् ।
मधेशी मोर्चालाइ पनि सहिमतिमा ल्याउने विषयमा गम्भिर छलफल भएको गोप्य छलफमा सहभागि एक नेताले बताएका छन् । अबको केहि दिनमा नै स्थानिय चुनावको मिति घोषण हुने जनाएको छ । एमालेले विरोध गरेको संविधान संशोधन स्थानिय निकायको चुनावपछि हुने संम्भावना बढेर गएको छ ।
यसमा मधेशी मोर्चाले आपत्ति जनाएको छ भने भित्रिरुपमा उनीहरु पनि स्थानिय निकायका चुनावमा सहभागि हुने वातावरण तयार हुने बताइएको छ । यो गोप्य छलफको नतिजा कस्तो हुने हो त्यो भने समयले नै बताउने छ ।