काठमाडौँ,
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेटसको ४ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फिर्ता हुनु भएको छ । फिर्ता हुने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भ्रमण निकै सफल भएको जनाउनु भएको छ । नेपालमा उर्जा र पर्यटनमा लगानी गर्नको लागि युएईलाई आग्रह गरेका कुरा बताएनु भएको हो ।

अर्को प्रसङ्गमा सबै दलहरुको सहमतीमा चाडैँ नै निवार्चनको मिति घोषण हुनेका बताउनु भयो । चुनाव गर्नको लागि माघ १५ सम्म आवश्यक नियम कानुन उपलब्ध गराउन आग्रह गरेकोले अब सबै निर्वाचनमा जुटेको पनि बताउनु भयो ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणको क्रममा विभन्न संचार माध्यमले नकारात्मक टिप्पणी गरेकोमा चित्त दुखेको बताउनु भयो । संचार माध्यममा आए जस्तो केहि नभएकोले यस्ता अनाआवश्यक टिप्पणी ठिक नभएको बताउनु भयो ।

Please share us on:

तपाईको प्रतिक्रिया