काठमाडौँ.
देशमा अहिले पहाड र तराई विच मतभेत रहेको छ । पहाडिले तराई बासीको मन जित्न सकेको छैन भने तराईबासीले पहाडिको ? यसरी नै वितेको छ केहि वर्षदेखि । तर सोमबार एक पहाडको चेली र तराईका एक युवा विच बिवाह बन्धन बाधिएको छ । एक हिसाबले यो नमुना नै हो भन्नु पर्ला ।
देशको ठुला व्यत्तिहरु जो सत्ताको प्रमुख पदमा विराजमान रहेका छन् । राष्ट्रपति जस्तो गरिमामय पदमा रहेका व्यत्तिको छोरी डा.निशाकुशुम भण्डारी पहाडि मुलका त्यस्तै पुर्वराष्ट्रपति रामवरण यादवको पारिवारिक निकट रहेको व्यत्ति ई.अभिसेक यादव विच सम्पन्न भएको छ ।
यो बिवाह विशेष ३ किसिमले महत्वपुर्ण रहेको छ । पहिलो अन्तरजातिय, दोस्रो पहाडि र तराई विचको बिवाहवारी, तेस्रोे फरक राजनैतिक पृष्ठभुमि । सबै फरक रहेको छ यो बिवाह यसले समाजमा नयाँ सन्देश दिन खोजेको जस्तो देखिन्छ ।
बिवाहको खर्चलाई विर्सने हो बिवाह निकै धुमधामसँग भएको मानिन्छ । अथितिको रुपमा पूर्व राजा जानुले पनि बिवाह महत्व निकै रहेको अनुमान गर्न सकिन्छ । देशकै हाईप्रोफाइल व्यत्तिहरुको विहे । हाइप्रोफाइल व्यक्तिहरुको उपस्थिति पक्कै पनि फरक रौनक र फरक वातावरण त बनेकै थियो ।
यसले समाजमा एक किसिमको सन्देश गएको छ । पहाड र तराईविचको सम्बन्धमा यस बिवाहले केहि सुधार आउला त ? आम मानिसहरुले यसबारे सोच्न थालेका छन् ।