अखिल,
नेपालमा सुन तस्करको इतिहास निकै पुरानो छ । पहिल पहिला मानिसहरुलाई भरियको रुपमा प्रयोग गरिन्थ्यो । सुन तस्कर गर्नकै लागि मानिसहरुलाई दुवई लागिन्थ्यो । टन्न सुन किनेर ति मानिसहरुलाई सुनले झकिझकाऊँ पारिन्थ्यो र नेपाल ल्याएपछि तस्करले सुन लिन्थ्यो भरियाले दुबई घुम्न पाउथेँ ।
पछिल्लो समय पनि सुन तस्करको क्रम रोकिएको छैन् झन बढेको छ । स्रोतका अनुसार दैनिक १५ किलो सुन अवैध बाटोबाट आउँछ । सुन तस्कनहरुको लागि नेपालको बाटो सजिलो हुने पनि स्रोतले बतायो । पछिल्लो समय सुन तस्करीमा व्यापारी प्रहरी मात्रै नभएर राजनैतिक दलका नेताहरु पनि लागेका छन् । कस्ले कति कमिसन पाउने भन्ने विवादले गर्दा कहिले कहि सुन तस्कहरुलाई प्रहरीले समाउन बाध्य हुन्छन् र बाहिरी दुनियामा यस्तो कुरो छरपष्ट हुन्छ ।
केहि वर्ष पहिले कुबेर सिहं राना प्रहरी प्रमुख हुदाँ समातिएको ११ किलो सुन तातोपानीबाट काठमाडौँ ल्याउँदा नै आधा सुन गायब भएको स्रोत बताउछ । त्यसलाई राजनैतिक दल र प्रहरी आफैले झिसमिस गरेको बुझिएको छ । अहिले सम्म सुन तस्करका भरिया मात्र समातिएका छन् सुन तस्कर समातिएका छैनन् । नेपाल प्रहरीको अनुसन्धान विश्व कै नमुना प्रहरी हो भनेर गर्व गरिरहँन्दा सुन तस्करलाई समाउन नसक्नुले प्रहरीको भुमिका प्रति प्रश्न चिन्ह खडा भएको छ ।
पछिल्लो समय उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले आफु सुन तस्कर भएको खुलासा गरे । आफु भुरा माछा भएको र यसमा ठुला माछाको संलग्नता रहेको दाबी गरे । जनताको सेवा गर्ने भनेर राजनिति गरेका देशको जिम्मेवार मन्त्री जस्तो मानिसले त सुन तस्करमा आफु भुरा माछा भनेर भनिदिँदा सुन तस्करमा नेपाल सरकारकै मिलोमतोमा हुने कुरा पुष्टि हुदैँ गएको छ ।
नेपाल सुन तस्करहरुको ट्रान्जिट प्वाइन्ट हो भन्ने कुरा मानिसहरुलाई थाहा भएको कुरा हो । उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराको भनाईबाट पनि प्रष्ट हुन्छ ।
देश माफियाहरुले चलाईरहेको कुरा यसबाट पनि प्रष्ट हुन्छ । नेपालका राजनैतिक कर्मीहरुलाई देश भन्दा पनि पैसा प्यारो भइरसकेको छ । जनताको सपनासँग खेलबाँड गर्न पल्केका नेता तथा तिनका कर्मचारीहरुलाई यो देश के मतलब रह्यो र ? लोकमानले जस्तै वातावरण सृजना भएसम्म कमाउने जनताको करको पैसा लुट्ने र वातारण बिग्रिन थालेपछि विदेश बसाई सर्ने ।
सुन तस्करीहरुको पनि सोचाइ पक्कै त्यहि हुन पर्छ । त्यसकारण पनि देशलाई दलदलको बाटोमा हिडाउने चेष्टा गर्दै छन् ।