काठमाडौँ,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी फाल्गुन २१ गते मेचि महाकाली अभियान सञ्चालन गर्ने भएको छ । आज पार्टि कार्यलय धुम्बाराहिमा  पार्टि अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षतामा बसको बसेको बैठकले फाल्गुन २१ शहि दिवसको दिन लाखौँ मानिस उपस्थित गराएर जनजागँरण अभियन चलायने निर्णय गरेको छ । तराईका सबै प्रमुख शहरहरुमा सभा गर्नेछ । भेलाको उद्देश्य संविधान कार्यन्वयनलाई दबाब दिने र देशलाई एकताको शुत्रमा बाध्नु हुनेछ । मेचीको काँकरभिट्टा शुरु भई महाकाली सम्म चल्ने अभियनमा पार्टिका अध्यक्षसहित शिर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।

एमालेले बैठकमा सरकारले विपक्षीको विरोधको बाबजुद पनि संशोधन प्रस्ताव गरेको र संसदीय व्यवस्थाको खिल्ली उढाएको र सरकारलाई देशको अहित हुनै कुनै पनि काम नगर्न आग्रह गरेको छ । भुकम्प गइसकेपछि पिडितको पितिको पिडा सुन्नुको साटो सिइओ हटाएर नायलायक काम गरेको साथै संविधानको समय सिमा सकिन लाग्दा पनि निर्वाचन सम्बन्धी केहि काम नगरेको प्रति एमालेले दुख व्यक्त गरेको छ ।

सरकारले मध्यरातमा आफुनुकुल न्याधिश नियूक्त गरेर घृणीत काम गरेको जनाएको छ । एमाले न्यापालिकाको स्वतन्त्रता चाहन्छ न्याधिश नियूक्ति निष्पक्षता हुनु पर्ने जनाएको छ ।

एमालेले पोलिट ब्युरो बैठक आगामी माघ २४ र २५ मा बोलाएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया