काठमाण्डौ,

कंलकी नागढुङगा नौबिसे सडक बिना कारण पनि जाम हुन थालेको छ । बिहानीपख लामो दुरीबाट आएको सवारी साधनहरु विहानीपख नागढुङगा देखि झाप्रे खोलासम्म सवारी साधन नबिग्रदा पनि जाम हुने गरेको छ । भारी सवारी साधनको भित्रिने बेला पनि त्यहि समय हुने र बाटो साघुँरो भएको कारण अनुपातिक गतिमा सवारी साधनहरु हिड्न पाउदैनन् ।

बिहान ८ बजेसम्म झाप्रेखोलातिरको साईडमा जाम हुने गरेको छ भने ८ बजेपछि कंलकी साइडतिर जाम हुने गरेको छ ।
जामका कारण एम्बुलेन्स समेतले बाटो पाउँदैन । बाटो साघुरो भएको र ठुला सवारी साधन भित्रिने क्रम पनि त्यहि समय भएकोले जाम भएको हो ।

बिहान ८ बजेसम्म झाप्रेखोलातिरको साईडमा जाम हुने गरेको छ भने ८ बजेपछि कंलकी साइडतिर जाम हुने गरेको छ ।

ठुला र मालबाहक ट्रकलाई विहानीपख प्रवेशमा रोक लगाउने हो भने पनि जाम आधाले घट्ने छ । ठुला तथा मालबाहक ट्रकलाई राती कुनै समयमा मात्र राजधानी प्रवेश वातावरण बनाउने हो पनि यात्रुबाहक बसहरु एम्बुलेन्स लगायत अत्य आवश्यक बस्तु बाहक सवारी साधन लामो जाममा पर्ने सम्भाबना कम हुने थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया