काठमाडौँ,
नयाँ शक्ति नेपालले आज देशको ७५ वटै जिल्लाबाट प्रधानमन्त्रीलाई प्रशासन मार्फत ज्ञापन पत्र बुझाएका छ । देश हाल भइरहेको राजनैतिक खिचातानीले देशलाई नै गलत बाटोमा हिडाएको बन्दै दलिय भागबण्डाको राजनिति बन्द गर्न सबैलाई आग्रह गरिएको छ । दलहरुले निजि स्वार्थमा लागेर जनताको सपना माथि खेलबाँड गरेको भन्दै सरकारको ध्यानकर्षण गराएको हो ।
अहिले संञ्चालित संसदीय व्यवस्थाले देशले निकाश नपाउने हुनाले जनताले छानेका व्यक्ति देशको प्रमुख हुनु पाउनु पर्ने र पुर्ण समानुपातिक व्यवस्था लागु गर्न पनि माग गरेको छ । त्यस्तै ज्ञापन पत्रमा देशमा भएको सम्पुर्ण समस्याको समाधान गर्नु पर्ने जनाएको छ ।
देशमा भइरहेको अराजक र भ्रष्ट्राचार रोक्नु पर्ने र स्थानिय चुनाव गराएर जनप्रतिनिधसहितको स्थानिय काम कारबाही हुन पर्ने जनाएको छ ।