काठमाण्डौ,
लामो समयसम्म भारु साटिने आसमा बसेका नेपालीहरुलाई खुशी सहित दुखको समाचार छ । राष्ट्र बैँक का भ्रमण टोलीले भारु कसरी साट्ने भनेर मोडालिटि भारतीय पक्षलाई बुझाएको छ ।
भारतीय पक्षले मोडालिटिको बारेमा सकारात्मक जवाफ दिए पनि केहि सर्तहरुमा भारु साट्न सकिने संकेत दिएको छ । भारु साट्नको भारतमा काम गरेको परिचय पत्र अनिवार्य रुम हुनु पर्ने साथै एक व्यत्तिले बढिमा ५ हजार भन्दा बढि रकम साट्न नपाउने नियम राखेको बुझिएको छ ।
यस्तो नियमले नेपालीलाई असजिलो हुने देखिएको छ । प्राय नेपालीहरु भारतमा काम गर्न जाने र उत्ताबाट केहि पनि परिचय नबोकी फर्किने हुनाले पनि परिचय पत्र आनिवार्य देखाउन नसकिने बुझिएको छ । त्यस्तै एक व्यत्तिले ५ हजार भन्दा बढि साट्न नपाउने नियम पनि असम्भवजस्तो देखिएको छ ।
एक जना नेपाली भारतबाट फर्किदा ५ हजार भारु मात्र बोकेर आएको हुदैन् । नेपालीहरु भारत एक वर्षसम्म बस्ने र एक वर्षको सबै कमाई एकै चोटि ल्याउने हुनाले पनि ५ हजार भारु मात्र साटिनु भनेको नसाटिनु सरह नै हुनेछ ।