काठमाडौँ,
लोकमान सिंह कार्कीले बिहिबारबाट सरकारी निवास विधिवतरुपमा छाडेका छन् । अदालतको फैसलासँगै उनी पदबाट मुक्त भएका थिए । पद मुक्तभएपछि सरकारी निवासमा बस्न पनि सहज भएन त्यसकारण पनि विहिबार दिनभरी सरसामान सारेर परिवार सहित उनी पनि बेलुकीपख सरकारी निवास छाडेका छन् ।
उनले सरकारले उपलब्ध गराएको सम्पुर्ण सामानहरु अख्तियार कार्यलयमा नै छाडेर गएको स्रोतले बताएको हो । पछिल्लो केहि समय देश लोकमान र राजनैतिक दलहरुविच जुवारी नै चलेको थियो । एकले अर्कोलाई धमक्याउने सम्मको काम भएको थियो ।
दलहरुले लगभग ३ वर्ष काम गरिसकेको कार्कीलाई आयोग्य भन्दै महाअभियोगको प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गरेका थिए । लामो समय संसद अवरुद्ध हुदाँ कार्कीलाई नै फाइदा पुगेको थियो । तर पछिल्लो समय अदालतको निर्णय कार्कीको पक्षमा आएन । अदालतको फसैलासँगै अख्तियारबाट लोकमान सिहं कार्कीको किस्सा समाप्त भएको थियो ।