दाङ,
सभामुख ओनसरी घर्ती मगरले संविधान कार्यन्वयनमा लाग्नु पर्ने बेलमा दलहरुविच मतभिन्नता हुनु राम्रो संकेत नभएको बताउनु भएको छ । बिहिबार दाङमा असाहाय बालबालिका को लागि विकाश भवन उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो ।
संविधान कार्यन्वयनमा दलहरुलाई एकै ठाउमा ल्याउनको लागिको लागि आफुले पटक पटक प्रयास गरेको तर दलहरु टसमसको अवस्थामा रहेकोले पनि अहिलेको वातावरण सृजना भएको हो ।
कसैले कसैको कुरा सुन्ने अवस्था नरहेकोले संविधान कार्यन्वयन र स्थानिय निकायको चुनावलाई समेत प्रभाव पार्ने गरि दलहरुविच ध्रुविकरण आएको बताउनु भयो । आफुले दलहरुलाई सहमतिमा ल्याउनको लागि प्रयास जारी राखेको बताउनु भयो