अर्घाखाँची,

उर्जा मन्त्री जनार्दन शर्माले अघाँखाचीका मानहिरुलाई पोखरा जान टाढा भए पोखरा सम्म पुग्ने सुरुङ बनाइदिने बताउनु भएका । प्रेस सेन्टरले आज अर्घाखाँचीमा गरेको पत्रकार सम्मलेनमा बौल्दै उहाँले यस्तो कुरा बताउनु भयो ।

एमालेसँगको सहमतिमा नै संशोधनको प्रस्ताव टेबुल गरेको हो । संशोधनको लागि संसदमा मतदान गर्ने र स्थानिय निकायको चुनावको मिति घोषणा गर्ने, सरकार र एमालेको सहमति भएको पनि बताउनु भयो ।

देशका केहि प्रमुख शहरहरुमा लोडसेडिङ नभएको चाडै नै पुरै देशलाई नै लोडसेडिङ मुक्त बनाउन उर्जा मन्त्रालय लागि परेको जानकारी दिनु भयो । एक अर्को प्रसङ्गमा देशमा बन्न लागेका ठुला विद्युत आयोजनाहरु अब चाडै नै द्रुत मार्गमा काम थालिने जानकारी पनि दिनुभयो ।

Please share us on:

तपाईको प्रतिक्रिया