काठमाडौँ,
भुकम्प पिडितको लागि अहिलेसम्म पनि बासको ठेगाना नभएको अवस्था सरकारले पुननिर्माण प्राधिकरणको सिइओ फेरको छ । प्राधिकरणको सिइओ शुसिल ज्ञावलीलाई सरकारले वर्खास्त गरेर योजना आयोग पूर्व उपाध्यक्ष गोबिन्द पोख्रेरलाई नियूक्त गरेको हो ।
यस अघि २ पटक स्पष्टिकरण सोधिएको ज्ञावालीलाई बुधबारको मन्त्रिपरिषदको बैठकले विधिवत रुपमा विदाई गरेको सरकारका प्रवक्ता तथा सुचना तथा संञ्चार मन्त्रि सुरेन्द्रकुमार कार्कीले जानकारी दिएका हुन् ।
केपि ओलीको सरकारको पालामा विबादको विच नै शुसिल ज्ञावालीलाई नियूक्त गरिएको थियो । झण्डै नेपाल सरकारको बजेट बराबरको विदेशी सहयोगको प्रतिवद्धता भएको प्राधिकरण राम्रो कमाई हुने क्षेत्रमा पर्छ । जनाताको लागि भनेर विदेशीले दिएको पैसामा प्राविधिकहरुको मनोमानी रहेको छ ।
अहिले सम्म १५ प्रतिशत पनि पुननिर्माणको काम नभएको अवस्था सिइओ फेर्ने कामले राम्रो सन्देश नजाने प्रतिपक्षले जनाएको छ । बाहिरी रुपमा काम गर्न नसकेको जनाएको पनि नेपाली कांग्रेस दबाब र माओबादी केन्द्रको मिलोमतोमा पुननिर्माण प्राधिकरणको सिइयो फेरिएको बुझिएको छ ।