झापा,
नेकपा एमालेका अध्यक्ष कपि शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रको विज्ञप्ती कुनै रणनैतिक कदम नभइ देशको माया जाहेर गरेका बताएका छन् । देश माया हर नागरिकले गर्न पाउने उनको विज्ञप्ती पनि आम नागरीकको हैसियातमा आएको बताएका छन् ।
प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलिले यस्तो कुरा बताएका हुन् । देशमा गणतन्त्र आइसकेपछि राजाको हैसियात आम नागरिकको जस्तो भएको भन्दै त्यसल खासै फरक नपार्ने तर देश माया जस्ले पनि गर्न पाउने जानकारी दिएका हुन् । एक अर्को प्रसङगमा सत्ता गठबन्धनले चोर बाटोबाट संसदमा संशोधनको प्रस्ताव टेबल गरेका भन्दै त्यसको विरोध पनि गरेका छन् । सरकारले टेबुल गरेको संशोधनको प्रस्ताव कुनै पनि हालतमा पास नहुने बताएका हुन् ।
लोकमान कार्की जसरी बाहिरीए त्यसरी नै सरकार पनि बाहिरीने छ । यो सरकारले जनताको काम गर्न कुनै पनि हालतमा नसक्ने र कसैलाई खुशि पार्नको लागि दर्ता गरिएको संविधान संशोधनले देशलाई निकाश नदिने जानकारी दिएका छन् ।
सरकारले संशोधनको प्रस्तावलाई रोकेर निर्वाचनको वातावरण सृजना गरे सरकारलाई जस्तो सुकै सहयोग गर्न पनि तयार रहेका जाकारी दिएका छन् । एमालेले मधेशमा विस्तारै कार्याक्रम विस्तार गर्दै लगको छ भने यहि सिलसिलामा ओलि भाmपा पुगेका हुन् ।