काठमाडौँ,
२०७२ वैशाख १२ मा गएको भुकम्प परि करिब ८ हजार भन्दा माथि मानिसहरुको मृत्यु भयो भने सँगै करिब ७ लाख भन्दा माथि घरहरु पुर्णरुपमा क्षति भयो भने करिब ३ लाख घरहरु आशिंक क्षति भयो । भुकम्प गएको करिब १ वर्षसम्म केहि काम भएन मानिसहरु खुल्ला आकाश मुनि बस्न बाध्य भए । भुकम्प गएको केहि समय पछि खरिद गरेर होस या अनुदानमा पाएको पालले जिन तिन पालमुनि बसेका थिए ।
पाल मुनि बसोबास गरेका भुकम्प पिडितहरुको हालत अहिले पनि उस्तै छ । धेरै मानिसहरु पालमुनि नै बस्न बाध्य छन् भने केहि मानिसहरु सरकारले दिएको अनुदानको पहिलो किस्ताले घर बनाउन लागेका छन् । सरकारी आकाँडा अनुसार करिब ५ लाख मानिसहरुले घर बनाउनको लागि अनुदानको रकम पाउनेछन् । बाँकी रहेका करिब ३ लाख मानिसहरुले न घर बनाउन सुरु गरेका छन् न सरकारको अनुदान दिने सुचिमा परेका छन् । यसकारण झण्डै ४० प्रतिशत भुकम्प पिडितले अनुदानको रकम नपाउने पक्का पक्की जस्तै भएको छ ।
गुनासोमा परेका र गुनासो सुनुवाईमा निवेदन परेका अधिंकाशले अनुदानको रकमे नपाउने एक कर्मचारीले जानकारी दिएका हुन् । पुननिर्माण प्राधिकरणले करिब ३ लाख गुनासाहरुका पोकोलाई वर्गिकरण गरेर मर्मतको लागि भनेर केहि रकम उपलब्ध गराउन लागेको जानकारी दिएका हो । नाम नभन्ने सर्तमा उनले यो प्रक्रिया अन्तिम चरण पुगेको जानकारी पुगेको जानकारी दिएका हुन् ।
बढिमा १ लाख सम्म घर मर्मतको नाममा विभिन्न वर्गिकरण गरेर थोरैमा २५ हजार भन्दा माथि रकम दिन लागेको हो । कत्तिपयको गुनासो गुनासोमा नै सिमित हुने जानकारी दिएका हुन् । घर चर्केर वा ढल्केर बसेका घरहरुलाई पनि पुननिर्माण प्राधिकरणले आशिंक क्षतिमा राखेर अनुदानको रकम कटौती गर्न लागेको हो । जो घरमा बस्नै नसकेर या त बस्न नुहने भएर पाल मुनि बसेका भुकम्प पिडितहरु राहत रकम नपाउदा झन अन्योलमा पर्ने वातावरण सृजना भएको हो ।
कसैले ३ लाख अनुदान पाउने र उही अवस्थाका पिडितहरुले १ पनि नपाउने अवस्थाले बांकी पिडितहरु मारमा परेका छन् । सरकारले अनुदानमा दिएको पुर्ण क्षतिवालाहरुको ३ लाखले घरको पुरा काम हुदैँन भने आशिंक क्षतिमा राखेर पुर्ण क्षति भएको पिडितहरुहरु मर्मत या पुननिर्माण कसरी पुरा हुन्छ ।