काठमाण्डौँ,

माओबादी संसदीय व्यवस्थालाई घृणा गर्ने पार्टि हो भने नेपाली कांग्रेस संसदीय व्यवस्थालाई माया गर्ने पार्टि हो । यहि आकाश जमिनको फरक रहेका पार्टिहरुविच अचम्मको मित्रता कायम भएको छ । संशोधन विधेयक पास गराउनका लागि एमालेले गरेको विरोधलाई सरकारले लप्पु खुवाउदैँ पुस २४ गतेको व्यवस्थापिका संसदमा संशोधन प्रस्ताव टेबुल गराएको छ । संसदीय व्यवस्थालाई सबभन्दा घृणा गर्ने पार्टीका अध्यक्ष प्रधानमन्त्री भएको बेलामा संसदको किनबेच सुरु भएको छ । आखिर सत्ताको लागि बाउ मार्न पनि पछि नपर्ने नेपालको राजनैतिक इतिहास फेरि पनि दोह्रिन लागेको छ ।

युद्धबाट नै संसदीय व्यवस्थालाई फाल्नको लागि लागेको माओबादीले केहि वर्ष पहिला शान्तीकालमा आइसकेको माओबादीले चाइनिज नागरिसँग मागेको ५० करोडको अडियो टेपको काण्ड हराउन नपाउदै भित्रि रुपमा संसद खरिद विक्रिको लागि खुल्ला गरिएको छ । यसमा कस्ले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी रहेको छ । प्रतिपक्ष दल नेकपा एमाले विस्तारै कमजोर हुदैँ गएको हो या उस्को पनि कुनै रणनिति छ यसबारे एमाले खुलेर बाहिर आएको छैन् । जति विरोध एमालेले गरे पनि पैसाको अगाडि नझुक्ने कोहि छैन् । बाँकी रहेको ४ मत सरकारले ४ अर्व तिरेर भने पनि संशोधनको प्रस्ताव पास गराउने योजना रहेको पाइन्छ ।

संसद खरिद विक्रिमा माहिर मानिएको नेपाली कांग्रेसको साथ पाएको माओबादी केन्द्र जस्लाई पछिल्लो समय प्रधान सत्रुको रुपमा विकाश गरेको थियो तर उसलाई काखी च्यापेर संसदीय व्यवस्थाको पाठ सिक्दै छ ।

Please share us on:

तपाईको प्रतिक्रिया