अखिल,
हामी नेपाली हौँ । यसमा कसैको दुईमत छैन् । फेरी सबै नेपाली भनिरहदा पृथ्वी नारायण शाहलाई सम्मान गर्दा केहि जातिय संगठनले यसमा विमति राख्लान तर आखिर अहिले सम्मको परिभाषामा त हामी सबै नेपाली हौँ यस भित्रको साझा फुलबारी हौँ । यो नेपालीको अर्थ किन लगाइन्छ भने हामी नेपाली हुनुमा गर्व गर्छौ । अहिले देशमा विभिन्न खाले मागले देश आक्रान्त छ । देशलाई टुक्रा टुक्रा पारिन खोजिदै छ । जनतालाई विकाश र जातिय बिवादमा पारेर झुण्ड झुण्डको समुहमा विभाजन गरिन खाजिदै छ अथावा गरिदैँ छ । हामीलाई सिङ्गो नेपाल कस्ले सृजना ग¥यो कस्को परिकल्पनामा विशाल नेपालको आकृती कोरियो त्यसको कुनै मतलब राख्दैनौँ । यसको अर्थ यो विशाल नेपालको आकृतीलाई कुरुप बनाउने बाटोतिर अगाडि सरेका छौ ।
गोरखा राज्यलाई विशाल बनाउने अभियन बोकेका पृथ्वी नारायण शाहले नेपालको एकिकरणमा ठुलो योगदान दिएका थिए । उनको सफल कुटनिति र सफल राज्य सञ्चालका भुमिका निर्वाह गरेका थिए । नेपाल एकिकरण हुनुभन्दा पहिला नेपाल भुभागमा रहेका २२ र २५ से राज्यहरलाई एकिकरण गर्दै विशाल नेपालको निर्माणको श्रेय उनलाई जान्छ । केहि समय अघि सम्म पनि पृथ्वी नारायण शाहको जन्मदिनको अवसरमा सार्वजनिक विदा दिएर राष्ट्रिय पर्व मनाउने गरिन्थ्यो ।
०६२ ÷६३ को आन्दोलनपछि राजतन्त्रको शासन युग समाप्त भयो र पृथ्वीनारायण शाहको जन्मदिनमा दिने सार्वजनिक विदाको पनि कटौती भयो । कांग्रेसले र एमाले हुदाँसम्म पृथ्वी नारायण शाहको सम्मान गरिन्थ्यो । चाहे त्यो राजाको दबाबमा होस त अन्य कुनै लोभमा होस । जब माओबादीले राजाको सालिकमाथिको आक्रमणलाई तिव्रता दिइरहेको बेलामा पृथ्वी नारायण शाहको योगदानलाई समेत नामेट पारिने काम भयो । नेपालका कम्युनिष्टहरु जस्लाई उनीहरुले विचारको पथ पर्दशक मानन्छन् । माओ, स्टालिन च्वे,काल माकर््स आखिर जे भए पनि उनीहरुको योगदानलाई मानेका हुन् । उनीहरुले आफ्नो देशलाई कसरी सम्पन्नशाली बनाउन सकिन्छ र जनताको माग कसरी पुरा गर्न सकिन्छ भन्ने अभियान्ता भएको र उनीहरु यसमा सफल भएको हुदाँ उनीहरुको नाम विश्वभर प्रचार भएको हो । यहि प्रचारबाजी नेताहरुको फोटोलाई आत्मासाथ गरेर कम्युनिष्टहरुले यि अभियन्ताहरुको आफ्नै तरिकाले विश्लेशण गरेर विभिन्न पार्टिको विकाश गरेका छन् ।
तर नेपालको माटो सुहाउदौ नेपालको राष्ट्रको निर्माता पृथ्वी नारायण शाहको बारेमा गलत अफवाह फैलाउन सिपालु नेपालका कम्यूनिष्टहरुले उनको योगदान कुशल व्यवस्थापनका साथै दुरदृष्टि भएको राजनेताको तस्विर सालिकहरु तोटफोट गर्नुले नेपाली इतिहासलाई दिउँसै बलत्कार गर्नु सिवाय अरु केहि होइन । उनको लक्ष ठुलो राज्यको राजा हुने भए पनि शालिक, तथा पुराना सस्कारहरु नेपालको सम्पती हो । जसरी चिनले माओलाई सम्मान दिएको छ ,भारतले माहात्मा गान्धीलाई सम्मान दिएको छ । कुनै पनि देशमा कुनै पनि राजनैतिक दलले ति सम्मानित व्यत्तिहरुको स्थान लिने कोशिस गरेनन् । सधै सम्मानले राष्ट्रले शिर झुकाइरह्यो तर बाहिर संसारमा शिर उचो पारिरह्यो ।
नेपालमा त्यसको ठिक उल्टो भइरहेको छ । पृथ्वी नारायण सम्मानलाई अपव्याख्या गर्दै कुर शासकलाई सम्मान गर्न हुदैन् भन्दै आफु ुसम्मानित हुन खोजिरहे भने विश्वभर नेपालको शिर निहुरिदै गयो ।
त्यसकारण एउटा संस्कारलाई जिवित राख्नको लागि पनि पृथ्वी नारयण शाहको माहान अभियानलाई सम्मान गर्नु जरुरी छ । विशाल नेपालको निर्माण गरेका पृथ्वी नारायणको सम्मानलाई अझ बढावा दिनको लागि पनि विशाल भुमिमा विकाशको मल हाल्नु जरुरी छ । कल्पना गर्ने र विशाल नेपालको निर्माण मात्र सम्पन्न गरेका हुन् तर विकाशको कल्पना गर्ने सम्माननित व्यत्तिको नेपालमा जन्म भइसकको छैन जस्तो छ । जातभात छोटे राजाको मात्र लाडाई लड्ने नेपालीलाई विकाशको परिकल्पना र सम्पन्नताको मार्गदर्शन दिने दोस्रो पृथ्वी नारायण शाहको जन्म लिनु र सम्मान दिनु आजको आवश्यक हो । पुस २७ यस मानेमा पनि महत्वपुर्ण रहेको छ र