पौष २२,
संबिधान संसोधनको बिरोधमा नेकपा(एमाले) सहित नेकपा(माले), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ती पार्टी (लोकतान्तृक) नेपाल, बहुजन शक्ती पार्टी, नेपा: राष्ट्रिय पार्टी र मधेस समता पार्टी नेपालको संयुक्त बिरोध सभा आज काठमाडौंको प्रदर्शनिमार्गमा सम्पन्न भयो ।
हजारौको संख्यामा उतृएको राजनैतिक दलका कार्यकर्ताले भरिएको काठमाडौंको ट्राफिक दिन भरी नै अस्त ब्यस्त भएको थियो ।
बिभिन्न ४० स्थानबाट जुलुस निकाल्दै प्रदर्शनिमार्गमा गई बिरोध सभालाई केपी वली लगायतका ९ दलका नेताहरुले सम्बोधन गरेका थिए ।
सभामा बोल्दै वलिले अब एमालेले मेची-महाकाली मधेस अभियान गर्ने र त्यस अभियानको तस्बिर स्याटलाईटबाट लिनु पर्ने बताएका थिए । वलिले अहिलेको सरकार भारता सँग लम्पसार परेको र अब राष्ट्रियताका लागी सबै एकजुट हुन आग्रह पनि गरे ।
बिगत १० बर्षमा यती धेरै जनसागर जुटेको यो पहिलो चोटी हो ।
हेरौ यस बिरोध सभाका केहि दृश्यहरु: