काठमाडौँ,
१९ गते संसद नै नबसी सहमतिमा स्थगन गरिएको बुझिए पनि २२ गते एमालेले गर्ने भनेको शक्ति प्रशशनलाई लिएर दुबै पक्ष संसद स्थगन गर्न लागेको बुझिएको छ । एमालेले शक्ति प्रर्दशन भनेर खालि आन्दोलन मात्रै गरेर बखेडा जिकेको कारणले पनि सरकार पक्षका दलहरुले एमालेको शक्ति हेर्नको लागि पनि समय दिएको हो ।
सरकार शत्तिशालि छ मार्सल लगाएर पनि संशोधनको प्रस्ताव टेबल गर्न सक्छ तर एमालेले २२ गतेको शक्ति कत्ति हो सत्ता पक्षिय दलहरु नाप्न चाहन्छन् ।
एमाले भन्ने गरेका शक्ति प्रदशनबाट कतै एमालेलाई नै घाटा हुने त होईन । एक थरि मानिसहरु यस बारे पनि बहस गर्न थालेका छन् ।
यस विषयमा लामो समय पार्टीको महासचिव रहेको माधव कुमार नेपाल नबोल्नुले पनि कारण हुन् सक्छ । एमालेको गुट भित्र भित्रै रहेको या त गुटबन्धी सकिएको एमाले नै केपिमय भएको हो । यसबारे एमाले बाहिर खुलेर आएको छैन् । तर सत्ता पक्षलाई देखाउनकै लागि भए पनि एमाले निकै कसरत गरेको छ कि हामी एमाले हौँ ।
कतिपय कुरामा एमालेलाई जनताको साथ रहेको पाइन्छ । तर सधैँ आन्दोलन मात्रै भनेर पनि देश निकाश नपाउने त पक्का छ । जबसम्म एमालेले रचनात्मक भुमिका खेल्दैन तव सम्म देश अस्थिर हुने पक्का छ ।
तर सत्ता पक्ष पुरै संवादमा नै छैन भन्नु गलत हुन सक्छ । प्रतिपक्षको भावना पनि संसद समेटीनु पर्ने हो तर त्यो नभइ एमालेको सेन्टीमेण्टसँग पक्कै पनि सत्ता पक्षले खेलेकै हो ।
यसको चुरो कुरो त पुुष २२ पछि नै थाहा होला सत्ता पक्ष एमाले जनसागर देखेर आतिने अथवा मातिने हो । सत्ता पक्ष पौष २२ पछि नै रणनिति बनाउने सुरमा लागेको छ भने प्रतिपक्ष सर्वोच्चको आदेशलाई सिरोपरी नयाँ रणनितिमा लागेको बुझिएको छ ।