धादिङ्ग,

७२ वैशाख १२ भुकम्पका कारण प्रभावित जिल्लाहरुको खानेपनीको मुहान धेरै ठाउँमा सुकेको थियो । मानिसहरुको आश थियो वर्षासँगै पानी फर्किनेमा ढुक्क थिए । भुकम्प गएको वर्ष पानी नै परेन र दोस्रो वर्षमा पानी परे पनि पानीको मुल दरिएन । उसै त पालमुनिको बास त्यहाँमाथि पनि खानेपानीको समस्यले विकाराल रुप लिदैँछ ।

यस्तै समस्यले पिरोलेको छ धादिङ्गका भुकम्प पिडितहरुलाई । जिल्लाको साविकको सुनौलाबजार गाविस र अन्य आसपासको गाविसहरु खाल्टे कल्लेरी कुम्पुर लगायतका गाविसहरुमा मध्य पुषमा नै पानीको हाकार सूरु भईसकेको छ । पानीको कारण अघिल्लो वर्ष पनि यस्तै समस्य भएको थियो । बसाई सरेर जाने ठाउँ पनि छैन् उही थातँथलोमा बस्न पनि नसकिने अवस्था रहेको एक पिडितले सुनाए ।

सुनौला बजार गाविस अन्र्तगत भुवानीखर्कका विर बहादुर घलेका अनुसार पानीको लागि करिव १ घण्टा हिड्नु पर्ने जानकारी दिए । पानी हुदा खेरी घरघर सुविधा पु¥याउने भनेर बनाइएको ट्याकीं अहिले प्रयोग विहिनको अवस्थामा पुगेको छ । मध्य पुषमा नै पानीको मुहान सुकेपछि वस्तु भाउ कसरी पाल्ने र मानिस पनि कसरी बाच्ने भन्ने चिन्ताले सताएको विरबहादुरले बताउछन् ।

यो पिडा विरबहादुरको मात्रै नभएर जिल्लाका अधिकांश गाविसहरुमा समस्य हो । धादिङ्ग जिल्लाको नगर पालिका भित्र यस्तो हालत छ । सुनौला बजार हाल निलकण्ठ नगरपालिका भित्र पर्छ । यस्तो हालत देखेपछि अन्य गाविसका पिडितहरुले सरकारी निकायबाट सहयोगको आश नै मारेका छन् ।

खाने पानीका समस्यका कारण जसरी हुन्छ पानी भएको ठाउँतिर बसाई सर्नु भन्दा अन्य विकल्प नरहेका पिडितहरु बताउछन् ।

Please share us on:

तपाईको प्रतिक्रिया