काठमाडौँ,

नेपालमा पहिलोचोटि फोर जी इन्टरनेट सेवा सोमबारबाट नेपाल टेलिकमले सुरु गरेको छ । यसले नेपालको मोवाइल इन्टरनेटमा नयाँ थपेको छ । झण्ट्ट सुन्दा राम्रो लागे पनि यसभन्दा अघि नेपा टेलिकमको गुणस्तरमा प्रश्न चिन्हको चाङ रहेका छ । आलोचकहरुको भनाई मान्ने हो भने नेपाल टेलिकमले थ्रि जि त राम्रोसँग चलाउन सकेको छैन फोर जि त केहि निश्चित ठाउबाहेक अन्त चलाउन पनि गाह्रो हृने बताउछन् ।

पैसा धेरै तिरेर सेवा सुविधा स्लो चल्यो भने त्यसको मज्जा त हुदैन् । भनेका ठाउँमा नेपाल टेलिकमको सिमबाट फोन त लाग्दैन । इन्टरनेट पनि त्यहि हो कुनै ठाउमा मज्जाले चल्छ तर कुने ठाउमा टावर देखाएर पनि चल्दैन पैसा मात्र काटिरहन्छ । यहि पारा पनि फोर जि भयो भने जनता ठग्ने टेलिकम हुनेछ सेवा भने शुन्य ।

त्यसकारण पुर्वाधार गुणस्तरलाई पनि नेपाल टेलिकमले ध्यान दिनु जरुरी छ । सेवाको नाममा जे जे भिक्राए पनि जनतालाई चाहिएको सेवा सुविधा हो । नेपाल सरकारको मातहतमा रहेको सबभन्दा ठुलो संस्था जसरी सरकारी कर्मचारीले जनताको करको पैसा खाएर जनतालाई सेवा दिदा घुस माग्छन् र ठुलो हुन्छन् त्यसरी नै नेपाल टेलिकमको सेवाले पनि दुख दिने गरेको छ ।

सेवासँगै गुणस्तरलाई पनि सुधार गरे सनमा सुगन्ध हुने थियो । फोर जि सँगै सेवामा रमाउन नेपाली उपभोक्ता यहि चाहन्छन् । इन्टरनेटको पैसा मात्र होइन् छिटो गतिमा इन्टरनेट पनि चलोस ।

Please share us on:

तपाईको प्रतिक्रिया