काठमाण्डौँ,
दोलखाका सांसदहरुले तामाकोशीको शेयर द्धन्द पिडित भन्दै माओबादीलाई दिन नसकिने जनाएको छ । एकालेका सांसदहरुले पिडित माओबादी मात्रै होइन अन्य मानिस पनि पिडित रहेको भन्दै माओबादीले एकलौटि बनाउन लागेको शेयर बाडफाड गर्न नदिने जानकारी दिएको हो ।
माओबादी लडाकुलाई कम्तीमा पनि ११ अर्व बराबरको शेयर दिन लगेको भन्दै दोलखाका सांसदहरु आनन्दप्रशाद पोखरेल, पशुपति चौलागाई र पार्वत गुरुङले शेयर बाडँफाड पहिले कै अवस्था गर्नु पर्ने त्यसलाई तलमाथि हुन नदिने कुरा बताएका हुन् ।
स्वादेशी लगानीमा बनिरहेको अहिलेसम्म विवादमा नतानिएको संस्थालाई माओबादीले कार्यकर्ता पोस्नको लागि विवादमा तानेको छ । कुनै पनि दल संघ सस्थालाई कुनै पनि बाहानमा शेयर दिन नसकिने ति सांसदहरले बताएका छन् ।
नेपालकै लगानीमा २०७५ साल भित्र सक्ने गरि निर्माण भइरहेको ३५६ मेगाावटको तामाकोशीको कुल लागत ५७ अर्व अनुमान गरिएको छ ।