काठमाण्डौँ,
नेपालले २०१९ मा हुने एसिय कपको छनोट खेल खेल्न पाउने भएको छ । एएफसीले कुवेत र ग्वामलाई कारबाही गरेपछि नेपाललाई एएफसीले नेपाललाई सहभागिताको लागि पत्र पठाएको थियो ।
नेपालले त्यो पत्रलाई स्वीकार गरेको हो । नेपालले मलेसियमा भएको सोलिडारिटि कप जितेपछि त्यहि खेललाई आधार मानेर नेपाललाई पत्र पठाएको थियो । अब नेपालको पुरुष फुटबल पनि सन् २०१७ र १८ व्यस्त हुने पक्का भएको हो ।
यसअघिको छनोटमना नेपालले कुनै पनि छनोट खेल जित्न नसकेपछि बाहिरीएको थियो । तर ग्वाम र कुवेतको कारबाहीले नेपालको भाग्य पुन खुलेको हो । एएफसीले छनोटको लक्की ड्र जनावरी २३ मा हुनेछ ।